गिता राना मगर, पोखरा २९ पुस । सातौ पोखरा महोत्सव आजदेखि पोखराको अमरसिंह चौरमा सुरु भएको छ । आगामी माघ १० गते सम्म सञ्चालन हुने महोत्सवको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरे ।महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले मेला महोत्सव आर्थिक सम्बृद्धिको बाहक भएको वताए ।
स्थानिय लगानीको प्रवद्र्धन गरी केन्द्रीय लगानीलाई आकर्षण गर्नुका साथै राजनैतिक दललाई बिकास तर्फ ध्यान दिन यस्ता महोत्सवले भुमिका खेल्ने वताउदै मन्त्री महराले महोत्सवको आयोजना गरेर युनाइटेड क्लवले पोखरामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको वताउदै राम्रो काममा निरन्तर लागी परे राम्रो फल पाउने वताए ।
राजनैतिक अवस्था अस्थिरता भएकै कारण मुलुकको बिकास हुन नसकेको वताउदै मुलुकमा तत्काल निर्वाचन गरी राजनैतिक अवस्थालाई राम्रो बनाउन सकेको खण्डमा बिकासको लहर छाउने उनको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै प्रकृति संरक्षण विज्ञ जुद्ध बहादुर गुरुङले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी प्रकृति संरक्षण संगै विभिन्न सामाजिक काममा लागेकोमा धन्यवाद ब्यक्त गर्दै राजनैतिक दलहरुले नेपालको प्राकृतिक सम्पदालाई चिन्न नसकेको वताए ।
सो अवसरमा वोल्दै कास्की क्षेत्र नम्बर एकका शांसद यज्ञ बहादुर थापाले पोखरामा चिडियाखाना निर्माणमा ढिलाइ भएकाले यसलाई ध्यानाकर्षण गर्न केन्द्रमा झक्भक्याउन आवश्यक रहेको वताए । त्यस्तै क्षेत्र नम्बर दुइका शांसद शारदा पौैडेलले नेपाल सरकारले बिकासका काममा चासो नदेखाएको वताउदै विशेष गरी ग्रामीण भेगका किसानहरुलाई लक्षित गरी बिकासका पूर्वाधारहरु निर्माण गर्नतर्फ सरकार लाग्नुपर्नेमा जोड दिइन ।
नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले सरकारले बिकासको काममा भन्दापनि राजनैतिक अस्थिरता निर्माण गर्ने काममा लागेकाले राजनैतिक अस्थिरताको अन्त्य गरी समग्र नेपालको बिकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्र कास्कीका संयोजक दिपक कोइरालाले युवाहरुले आयोजना गरेको पोखरा महोत्सवले पोखरामा छुट्टै पहिचान बनाएकाले युवाहरुले चाह्योभने जे पनि गर्न सक्छन भन्ने उदाहरण युनाइटेड क्लवले देखाएकोमा युवाहरुले एकजुट भएर देशको बिकासतर्फ वढ्नुपर्नेमा जोड दिए ।
क्षेत्रि वन कार्यालय पोखराका वन निर्देशक धनन्जय पौडेलले पोखरा महोत्सवले महोत्सवकै माध्यामबाट चिडियाखाना निर्माण जस्तो बन र बन्यजन्तु संरक्षणमा देखाएको चासो प्रति अभार ब्यक्त गरे । अमरसिंह उच्च माबि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष वैन बहादुर अधिकारीले पोखरा महोत्सवले सामाजिक क्षेत्रमा उल्लेख्नीय काम गरेको भएतापनि अमरसिंह उच्च माबिमा केही लगानी नगरेकोमा गुनासो ब्यक्त गरे ।
महोत्सवको मुख्य प्रायोजक शालिमार सिमेन्टका गण्डकी धौलागिरी अधिकृत बिक्रेता तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरीले पोखरा महोत्सवको उद्देश्य र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको जतिनै बयान गरेपनि कम हुने वताए । युनाइटेड क्लवको कामले नै आफुहरुले बिगतका वर्षहरुमा झै यो पटक पनि मुख्य प्रायोजकको भुमिकामा आएको वताउदै नेपालको राजनैतिक अस्थिरताले उद्योगी ब्यवशायीहरु धारासायी बनेको वताए ।
युनाईटेड क्लबले “युवाको जॉगर, राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराको साथ शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष भूमिका निभाई एउटा सम्पन्न समाजदेखि राष्ट्र निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको छ ।
© 2021 United Club Pokhara Nepal. - All Rights Reserved. || Powered By: Virtual Technology Pvt.Ltd