पोखरा जुलोजिकल पार्कको इतिहास ।
पोखरा नेपालको मात्र नभई संसारकै पर्यटकहरु लागी उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विश्व भरी र्र्चिर्चत छ । यहाँ प्रकृतिले धेरै त्यस्ता स्थानहरु दिएको जहाँ पर्यटकहरु घुम्न रुचाउँछन ताल तलैया समथल उपत्यका नदी गुफा, वन जंगल पहाड र अन्नपूर्ण हिमालय र पदयात्रा त प्रमुख गन्तव्यहरु छदैछन पोखरा र यसका आसपासको कला संस्कृति र पर्यटकलाई गरिने सम्मान र आतिथ्यताले पनि पर्यटक यस क्षेत्रमा घुम्न रुचाउँछन । पर्यटकको चाप पोखरा अन्तराष्ट्रिय एयरपोर्ट संचालनमा आएपछि ह्रवात्तै नबडला भन्न सकिन्न ,जति पर्यटकको वसाई लम्ब्याउन सकियो त्यति नै यस क्षेत्रको आर्थिक चलायमान हुनु हो त्यसैले नयाँनयाँ पर्यटकहरुको लागी पर्यटकिय गन्तब्यको खोज गर्नु र त्यसको विकास गर्नु राज्यको दायित्व हुन आउछ । पोखरा र यसका आस पासमा धेरै पर्यटकिय गन्तब्यहरु भएता पनि यस क्षेत्रमा रहेरो बन र वन्यजन्तु पनि अवलोकन गराउन सके एक उत्कृष्ट पर्यटकीय गन्तब्य हुन सक्छ भन्ने हेतुले हामीले खुल्ला चिडियाखाना अर्थात पोखरा जुलोजिकल पार्कको अवधारणा ल्यायौ र पोखरा महोत्सव बाट संकलित केही रकम (२५% शुरुमा र पछि २०%) महोत्सवको वचतबाट छुटायाउँदै आयौ तत्कालिन जिल्ला विकाश समिती र हाल जिल्ला समन्वय समितीसंग सहकार्य गर्दै स्थानीय विकाश अधिकारी ईश्वर राज पौडेल र पछि तारानाथ अधिकारीसंग र क्लवका प्रतिनिधि हिमालय बखे्रलको संयुक्त खाता खोली रकम संकलन गर्दै हिमालय बैंकमा जम्मा गर्दै आयौं, यो रकम प्रयाप्त थिएन यो त केबल बिउपैसा (कभभम mयलभथ ) मात्र थियो ।
पोखरालाई ग्रेटर सिटीको रुपमा विकाश गर्नु पर्छ भन्ने अवधारण तत्कालिन क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाल ज्यू, बनाउनु भयो र चिडियाखाना पनि ग्रेटर सिटीको अवधारण् भित्र पर्न सफल भयो र क्लबका तत्कालिन अध्यक्ष हिमालय बख्रेललाई चिडियाखाना निर्माण समितीको संयोजक बनाइयो ।
पोखरामा चिडियाखाना बनाउनु पर्छ भन्ने आवाज २०६८ सालदेखि उठाउदै आएको क्लबले राज्यको तर्फबाटै जिम्मेवारी पाईसके पछि हौसला अझ वुलन्द भएकै हो । वुलन्द हौसलाका साथ यस क्षेत्रका विज्ञहरु खोज्ने काम भयो, अन्नपूर्ण संरक्षण कोषका भरखरै निवर्तमान हुनु भएका सदस्य सचिव जुद्ध बहादुर गुरुङ्ग संग सम्पर्क भयो र चिडियाखानाको सम्बन्धमा कुरा राख्यौ शुरुमा उँहाले खासै चासो दिनुभएन तर हाम्रो जोस जाँगर र राज्यले दिएको जिम्मेवारी देखे पछि प्रभावित भई सहयोग गर्नु भयो । चिडियाखानालाई उपयुक्त हुने वनको खोजीमा हामी लाग्यौ पोखरा महानगर पालिकाका प्रतिनिधिहरु, जुद्धबहादुर गुरुङ्ग, वन विज्ञान अध्ययन संस्थानका प्रोफेसरहरु र जिल्ला वन कार्यलय कास्कीका डिएफओ र युनाईटेड क्लब पोखराको टिमले पोखरा क्षेत्रको रानीवन, दोविल्ला, लामाचौर क्षेत्रको वन, मैदी ताल वरिपरीको वन गरी करिव ७ ओटा वनको अवलोकन र अनुसन्धान मा सबै किसिमले उपयुक्त वन बेगनास र रुपा तालको विचमा पर्ने सुन्दरी डाँडा देखी खुदी (पोखरा, विश्वविद्यालय) सम्मको क्षेत्रमा फैलिएको पचभैया, चैनपूर र चायापानी चिसाकुना सामुदायीक वन क्षेत्रलाई चिडियाखाना बनाउनको लागी उपयुक्त देखिएकाले यो क्षेत्रमा चिडियाखाना बनाउनका लागि शुरुवात गरियो ।
शुरुवाती चरणमा २०७२ साल श्राावन १५ गते तत्कालिन स्वास्थ्य मन्त्री माननिय श्री खगराज अधिकारी ज्यूको बाहुलीबाट विधिवत रुपमा शिलन्यास गरि निर्माण कार्य अगाडी बढयो । साविक लेखनाथ नगरपालिका, क्षेत्रीय वन कार्यलय, जिल्ला वन कार्यलय कास्की, पो.म.न.पा वडा नं ३१ को वडा कार्यालय, यूनाईटेड क्लब पोखरा लगायतको आर्थिक सहयोगमा बिस्तारै निमार्णको गती लिदै गरेको पोखरा जुलोजिकल पार्क गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय श्री पृथ्वी सुब्बा गुरुङ्ग ज्यू र गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री माननिय श्री विकाश लम्साल ज्यू को अवलोकन भ्रमण पछि पोखरा जूलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारको गौरवको योजनामा राखि वार्षिक रुपमा बजेट विनियोजित गरी निर्माणकार्य तिव्ररुपमा अगाडी बढ्यो । हाल भौतिक निर्माणको साथै वन्यजन्तु संरक्षण र उद्धारको कार्य समेत भईरहेको जानकारी गराउदछौं ।
क्लबले लिएको यो स्वप्न परीयोजना (ड्रिम प्रोजेक्ट) लाई सफल बनाउन क्लबका सम्पूर्ण सदस्यज्यूहरु को प्रत्यक्ष अप्रत्यक्ष सहयोग त छदै छ तर पनि प्रत्यक्ष संलन भएर तत्कालिन निर्माण समितिमा संयोजकको भुमिकामा रहि क्लबको तर्फ श्री हिमालय बखे्रल, श्री राजु श्रेष्ठ,श्री सुक बहादुर थापा, श्री लोक बहादुर थापा श्री लालकाजी गुरुङ्ग , श्री दिवानी सुवेदीले भिन्न समयमा पोखरा जूलोजिकल पार्कको व्यवस्थापन समितिको विभिन्न पदमा बसी कार्य गरी सक्नु भएको छ । पोखरा जूलोजिकल पार्क लाई अहिले संघीय सरकार तथा गण्डकी प्रदेश सरकारको वन मन्त्रालय अन्र्तगत डिभिजन वन कार्यालय कास्की तथा ३ वटा वन उपभोक्ता समिति का साथै युनाईटेड क्लब पोखराको प्रत्यक्ष रेखदेखमा सञ्चालन भईरहेको छ ।
हामी आभारी छौं ।
> संघीय सरकार ।
> गण्डकी प्रदेश सरकार ।
> गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ।
> तत्कालीन क्षेत्रीय प्रशासक श्री दिनेश कुमार थपलीया ज्यू
> जिल्ला प्रशासन कार्यालय कास्की ।
> तत्कालिन जिल्ला विकास समिति को कार्यालय ।
> पोखरा माहनगरपालिका को कार्यालय ।
> तत्कालिन लेखनाथ नगरपालिका को कार्यालय ।
> पर्यटनविद श्री जुद्ध बहादुर गुरुङ्ग ज्यू ।
> पोखरा महानगरपालिका को वडा नं. ३०, ३१ र ३२ को कार्यालय ।
> तत्कालिन क्षेत्रिय वन कार्यालय (गण्डकी प्रदेश वन निर्देशनालय) ।
> तत्कालिन जिल्ला वन कार्यालय (डिभिजन वन कार्यालय), कास्की
> पचभैया सामूदायीक वन उपभोक्ता समिति ।
> चैनपूरसामूदायीक वन उपभोक्ता समिति ।
> चयापानी चिसाकुना सामूदायीक वन उपभोक्ता समिति ।
Seti River Conservation
सेती संरक्षण महोत्सवमा प्रवेश प्रति टिकटको रु। १ का दरले छुट्याइएको रकमलाई सेती संरक्षण उपसमिति गठन गरी अभियानकै रुपमा यस वर्ष वृहत कार्यक्रम सम्पन्न गरियो । जसमा क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकको पुलमुनि वृहत सरसफाई कार्यक्रम यस वर्ष सम्पन्न गरियो । सेती नदिमा सुरक्षा तथा फोहोर मैला नियन्त्रणलाई मध्येनजर राख्दै सेती नदिमा ४ वटा सि।सि। क्यामेरा पनि जडान गरिएको छ । सेती नदी संरक्षण तथा सेती नदी बचाउ अभियानमा कान्तिपुर पार्टी प्यालेसमा विज्ञ, प्राविधिक, सरोकारवाला व्यक्तिहरू तथा पो।म।न।पा। जिलला समन्वय समिति तथा माहानगरपालिकाका वडा नं। ९, १०, ११, १५ का १७ का अध्यक्षहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।